Skip to content
Shikhar Insurance
National Life

निजगढ अन्तर्राष्ट्रिय एयरपाेर्ट निर्माण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण कार्य तत्काल अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

यही असारभित्रै बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए । असार महिनाभित्रै सो आयोजनाको कामलाई अगाडि बढाउने गरी आयोजनास्थलमा कार्यालय स्थापना गर्ने र शिलान्यासको काम सुरु गर्ने उनको भनाइ छ ।

“फाष्ट ट्रयाक निर्माण कार्य अघि बढेको छ । त्यो फाष्ट ट्रयाक निजगढ एयरपोर्टसँग लिंक गरेर अघि बढाइएको हो । त्यसकारण निजगढ अन्तर्राष्ट्रिय एयरपाेर्ट तत्काल अगाडि बढाउन सरकार प्रतिबद्ध छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले उक्त आयोजनाको काम सुरु गर्न कार्यालय स्थापना गर्ने कामलाई अघि बढाउन सम्बन्धित निकायलाई आफूले निर्देशन दिइसकेको पनि जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्