Skip to content
Shikhar Insurance
National Life

निक्षेप खोसिने त्रासमा वित्त कम्पनीले ब्याजदर ११.७१ प्रतिशत पुर्‍याए

Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंक र विकास बैंकहरुले ब्याजदर बढाएपछि निक्षेप खोसिने त्रासमा वित्त कम्पनीहरुले पनि बढाउने भएका छन् । फागुन १ गतेदेखि लागु हुने गरी वाणिज्य बैंकले अधिकत ११.०३ प्रतिशत र विकास बैंकहरु ११.६५ प्रतिशत कायम गर्ने निणर्य गरेपछि वित्त कम्पनीहरुले पनि सोही मितिदेखि ११.७१ प्रतिशत कायम गर्ने भएका हुन् ।

बजारमा तरलता अभाव भइरहेको समयमा वाणिज्य बैंक र विकास बैंकहरुले बढाउँदा वित्त कम्पनी नबढाए भएको निक्षेप खोसिने हुँदा ब्याजदर बढाउन कम्पनीहरुलाई खुल्ला छोडिएको नेपाल वित्ती संस्थासंघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।

‘यस्तो अवस्थामा ब्याजदर बढाउँदा नयाँ निक्षेप आउने भन्दा अन्य बैंकमा रहेको डिपोजिट नै जाने हो,’ अध्यक्ष तुलाधरले सिंहदरबारसँग भने, ‘त्यसैले संघको तर्फबाट भने राष्ट्र बैंकले तोकेको ब्याजदरको निर्देशन पालना गर्दै बढाउन खुल्ला छोडेका छौँ ।’

फागुन एक गतेदेखि वित्त कम्पनीहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा १०.७१ प्रतिशतसम्म ब्याजदर कायम गर्ने उनले जानकारी दिए । रेमिट्यान्स एकाउण्टमा राष्ट्र बैंकको व्यवस्था अनुसार १ प्रतिशत बढी ब्याजदर दिँदा १२.७१ प्रतिशत कायम हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्