Skip to content
Shikhar Insurance
National Life

निःशुल्क बिजुली र सुत्केरी भत्ता दिने घोषणा लुटको धन फुपुको श्राद्ध होः कमल थापा

Hyundai
NCELL
NIMB

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुको घोषणा पत्रहरुमा लुटको धन फुपुको श्राद्ध मात्रै समेटिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नवगठित राप्रपा नेपालका अध्यक्ष थापाले अधिकांश दलका घोषणा पत्रहरु वितरणमुखी रहेको आरोप लगाउँदै बिजुलीदेखि सुत्केरी भत्तासम्मका आश्वासन लुटको धनले फुपुको श्राद्ध गर्ने मेलो मात्रै भएको आरोप लगाएका हुन् ।

उनले पालिकाहरुको आय वृद्धि र रोजगारीलाई कुनै पनि राजनीतिक दलहरुले प्राथमिकतामा नराखेको पनि बताए । थापाले आफ्नो पार्टीले भने पालिकाहरुको आयवृद्धि र रोजगारीबारे बिशेष योजना ल्याउने अपवादको काम गर्ने दावी पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्