Shikhar Insurance
National Life

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ४० प्रतिशत नजिक, कहिले गर्छ राष्ट्र बैंकले टेक ओभर ?

रोशनी तामाङ
२०८१ पुष २३, मंगलवार ०९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै विकास बैंकमा लगानी गरेका र निक्षेपकर्ताहरुमा त्रास पैदा भएको छ । कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले टेकओभर गरेपछि अन्य खराब वित्तिय अवस्था भएका बैंक तथा वित्तिय संस्थाहरुमाथी राष्ट्र बैंकले निगरानी बढाएको हो ।

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा (एनपीएल) ३४.८१ प्रतिशत पुगिसकेको छ । नारायणीको वित्तिय अवस्था बिग्रिदै जादाँ राष्ट्र बैंकले पटक-पटक कारबाहि समेत गरेको छ । नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको स्थलगत अनुगमनका आधारमा पटक–पटक कारबाही गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकलाई राष्ट्र बैंकले ८औं पटक कारबाही गरिसकेको छ । अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै राष्ट्र बैंकले नारायणीलाई चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७ रुपैयाँ, छैटौं पटकमा ४२ हजार १२६ रुपैयाँ, सातौं पटकमा ५३ हजार २८ रुपैयाँ र आठौं २ हजार ४७८ रुपैयाँ जरिवाना गराएको छ ।

राष्ट्र बैंकका एक संचालकले भने, “कर्णाली डेभलपमेन्ट बैंकलाई धेरै अघि नै कारबाहि हुनपर्ने थियो,तर राजनितिक दबाबबाट राष्ट्र बैंकले कर्णालीलाई दुहुनो गाई बनाएर लुट्न दिइरहे अन्तिम समयमा आएर मात्रै टेक ओभर गरेको छ ।”

ती संचालकका अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई पनि राष्ट्र बैंकले टेक ओभर गर्ने बेला भैसकेको छ । तर काम अघि बढेको छैन । ती संचालकले थपे, “राष्ट्र बैंकबाट जाने अनुगमनले एक हजार फाइल मध्ये ५० वटा फाइलको नमुना परिक्षण गर्ने हो ती फाइलमा कैफियत देखिए मात्रै कारबाहि प्रकृया अघि बढाउने हो त्यसमा बैंक तथा वित्तिय संस्थाले नै छानेको फाइल राष्ट्र बैंकको निरिक्षण टोलीले हेर्न थाल्यो भने के हुन्छ ?”

राष्ट्र बैंक स्रोतका अनुसार नारायणी डेभलपमेन्ट बैंकलाई धेरै पटक कारवाही गरिसकेको छ । समस्याग्रस्त घोषित पनि भइसकेको छ । तर टेकओभर गर्ने विषयमा भने हालसम्म गहन छलफल भएको छैन ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्नु पूर्व संस्था सबै गतिविधि नियालेर सचेत गराई नियन्त्रणमा ल्याउने प्रयास गर्दछ । तर, तोकिएको सिमा बाहिर गएको खण्डमा मात्र संस्थालाई राष्ट्र बैंकले टेकओभर गर्ने गरेको छ । नारायणी बैंकलाई पटक पटक सचेत गराए पनि बैंकको खराब कर्जा भने झन् झन् बढ्दै गएको छ ।

चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार नारायणी डेभलपमेन्ट बैंकको निक्षेप ५९ करोड ९२ लाख ७४ हजार रुपैयाँ र कर्जा २८ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, बैंकको कस्ट अफ फण्ड ७.८२ प्रतिशत, सीडी रेसियो ६८.१३ प्रतिशत, बेस रेट १६.३२ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३ सय ३९.४१ रुपैयाँ, तरलता अनुपात ४४.७५ प्रतिशत, प्रतिसेयर नेटवर्थ २३.८८ रुपैयाँ र पुँजीकोष अनुपात ४.५८ प्रतिशत रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्