Skip to content
Shikhar Insurance
National Life

नागरिक लगानी कोषद्वारा २६.३१ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल २६.३१ प्रतिशत लाभांश घोषणा गरेको हो।

कोषकोे बैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कोषले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनर्थका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारण सभाबाट स्वीकत भएपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्