Skip to content
Shikhar Insurance
National Life

नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रियाको विपक्षमा रास्वपा

Hyundai
NCELL
NIMB

काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रियाको विपक्षमा उभिएको छ । रास्वपा सांसद सोबिता गौतमले शुक्रबार संसदको शुन्य समयमा बोल्दै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अबिलम्व रोक्न माग गरिन् ।सरकारलाई बार्षिक अर्ब रुपैयाँ लाभांश दिने नेपाल स्टक एक्सचेञ्जको बिजनेश निजी कम्पनीमा डाइभर्ट नेपालको पुँजी बजारलाई निश्चित समुहको कब्जामा पुर्याउन नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन लागिएको आरोप पनि उनले लगाइन् ।

सांसद गौतमले नेपाल स्टक एक्सचेञ्जलाई आधुनिकीकरण गर्न डिडिए गरि प्राप्त मुल्यमा निजी क्षेत्र वा सर्वसाधारणलाई सेयर बिक्रि गर्नुपर्ने धारणा समेत राखिन् । गौतमले नयाँ स्टकलाई लाइसेन्स दिने बिषयमा बोलिरहँदा रास्वपा सभापति रबि लामिछाने भने टाउको हल्लाउँदै सहमति जनाईरहेका देखिन्थे ।

के भनिन् गौतमले संसदमा ?

२० महिना अघि नेपालको पुँजी बजार करिब ३२ सय इण्डेक्सको वरिपरि थियो । आजको मितिमा त्यो इण्डेक्स १८८९.७५ अंकमा छ । यो अवधीमा लगानीकर्ताहरुले लाखौं रकम गुमाएका छन् । यस्तो गम्भिर परिप्रेक्ष्यमा सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्ज जसले सरकारलाई प्रति वर्ष लगभग एक अर्ब रुपैयाँ लाभांश योगदान गरिरहेको थियो । यस्तो संस्थालाई कमजोर बनाई यसबाट भैरहेको बिजनेश नयाँ स्टक एक्सचेञ्जमा डाईभर्ट गरि नेपालको पुँजी बजार निश्चित समुहको कब्जामा हुने गरि जुन नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने तयारी गरिरहेको छ, त्यो अविलम्ब रोकिनुपर्छ ।

यदि सरकारको स्वामित्वमा रहेको स्टक एक्सचेञ्जलाई आधुनिकीकरण गर्न, साच्चै निजी क्षेत्रलाई सहभागी गराउने हो भने विद्यमान स्टक एक्सचेञ्जको डिडिए गरेर प्राप्त मूल्यमा निजी क्षेत्रलाई वा पब्लिक स्वामित्व हुनुपर्छ भन्ने कुरा अनुरोध गर्न चाहान्छु ।
यस पूर्व नै सरकारी पुनर्बीमा कम्पनीलाई धारासायी बनाउने गरि नयाँ पुनर्बीमा कम्पनी स्थापना भएको जगजाहेरै छ । यो राज्यलाई डुबाउने घुमारो ढोका हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्