Skip to content
Shikhar Insurance
National Life

नयाँ ब्रोकरको संख्या २९ पुग्यो, बोर्डले दियो थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स, को-कोले पाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब एक दर्जन कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । धितोपत्र बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो।

यससँगै नयाँ ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ । यसअघि बोर्डले १८ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । जसमा ७ ब्रोकरले नेप्सेबाट सदस्यता अनुमति पाएर कारोबारसमेत सुरु गरी सकेका छन् । आज थप ११ लाई बोर्डले लाइसेन्स दिएको हो ।

बोर्डले शुक्रबार मिल्की वे सेयर ब्रोकर कम्पनी लि, क्यापिटल हब प्रालि, आकाशभैरव सेक्युरिटिज लि, पाही इन्भेष्टमेन्ट प्रालि, एस.पी.एस.ए सेक्युरिटिज लि, एन.एम.बि सेक्यूरिटीज, सानिमा सेक्युरेटिज लि, स्टक्स्कार्टस् सेक्युरेटिज लि, इन्दिरा सेक्युरिटिज प्रालि, ब्लु चिप सेक्युरिटिज लि र गरिमा सेक्युरिटिज लि लाई ब्रोकार लाइसेन्स दिने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्