Skip to content
Shikhar Insurance
National Life

नयाँ नयाँ उग्र रूप लिँदै कोरोनाः अल्फापछि डेल्टा, डेल्टापछि अब ‘कप्पा’

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको कप्पा भेरियन्ट देखिएको जनाएको छ । नेपालमा डेल्टा भेरिएन्टसहित तीन भेरिएन्ट पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको पनि छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको जानकारी मन्त्रालयले दिएको छ । मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्