Skip to content
Shikhar Insurance
National Life

नमस्ते पेद्वारा ‘फेस्टिवल क्याम्पेन’ शुरु, ४९ दिनसम्म शत प्रतिशत क्यास ब्याकसम्मका योजना

Hyundai
NCELL
NIMB

काठमाडौं । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी ‘फेस्टिवल क्याम्पेनिङ’ ल्याएको छ । ४९ दिनसम्म चल्ने सो सो क्यामपेनमा नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।

जसमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शत प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै कारोबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र क्यासब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा वालेट टु वालेट र लोड फन्ड बाहेकको कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् । दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले शत प्रतिशत क्यासब्याक पाउनेछन्।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यास ब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

GBIME

प्रतिक्रिया दिनुहोस्