Skip to content
Shikhar Insurance
National Life

नबिल बैंकले सञ्चालनमा ल्यायो एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

उक्त बैंकले ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेस प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले ८ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले ८ वटा शाखा उद्घाटन गरिएको हो। त्यस्तैगरी बैंकका सञ्चालक आशा राणा अधिकारीले थप ८ वटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रवीण टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन्।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति थियो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ। मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्