Skip to content
Shikhar Insurance
National Life

नबिल बैंकले एकै पटक जित्यो दुई अवार्ड

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले एकै पटक दुई वटा अवार्ड हात पारेको छ । नबिलले डेबिट कार्ड र ई–कमर्श अक्वायरिङ अवार्ड हात पारेको हो ।

बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्श अक्वायरिङ बिजनेस २०२२’ अवार्ड जितेको हो । भिसा इन्टरनेसनलले बुधबार काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभः पेमेन्ट्स इन्नोभेशन फर डिजिटल नेपाल’ मा नबिल बैंक सम्मानित भएको हो।

‘नबिल बैंक प्रारम्भदेखि नै देशको पहिलो बैंक बन्ने दिशामा अग्रसर हुँदै आएको छ । यही अवस्थामा आज हामीले नयाँ सम्मान पाएका छौं। यो हामी सबैको मेहेनतले सम्भव भएको हो, हामीले सधैं डिजिटल सोलुशनमा ध्यानकेन्द्रित गर्दै लगानी बढाउँदै लगेका छौं । यो सम्मानले हामीलाई थप हौसला प्रदान गरेको छ।’ बैंकका प्रमुख कार्याकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्