Skip to content
Shikhar Insurance
National Life

नबिल-बंगलादेश प्राप्ति तत्कालका लागि स्थगित !

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल र नेपाल बंगलादेश बैंक (एनबी) को मर्जर तथा प्राप्तिको प्रक्रिया हालका लागि स्थगित  भएको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न सम्झौतामा राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति समेत दिइसकेको छ ।

तर, अन्तिम स्वीकृतिको लागि भने तत्काललाई प्रक्रिया नै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

‘हिजो आजै अन्तिम स्वीकृति दिने गरी राष्ट्र बैंकले काम अघि बढाएको हो तर यी दुई बैंकको कर्मचारी व्यवस्थापनमा विवाद नमिलेको हुँदा अहिलेलाई स्थगित गरिएको हो,’ राष्ट्र बैंकका एक सञ्चालकले सिंहदरबारलाई बताए, ‘सैद्धान्तिक स्वीकृति दिएर अन्तिमको तयारी गर भन्दा नै कर्मचारी समायोजनलाई पहिलो प्राथिकतामा राख्न भनेका थियौं, तर अहिलेसम्म कर्मचारी र व्यवस्थापन/संयुक्त मर्जर कमिटीबीच सहमति भएको प्रमाण राष्ट्र बैंकमा आएको छैन ।’

राष्ट्र बैंक सञ्चालक समितिले यी दुवै बैंकको मर्जर तथा प्राप्ति प्रकृयामा असारको पहिलो साता नै अन्तिम स्वीकृति दिएर असार मसान्तसम्म एकीकृत कारोबार गर्ने वातावरण बनाउन चाहेको थियो । तर, कर्मचारी समायोजनमा यी दुबै बैंकका सञ्चाकल समितिले नै वास्ता नगरे पछि राष्ट्र बैंकले हस्तक्षेप गरेको स्रोतको भनाइ छ ।

‘यस विषयमा गभर्नर सा’ब आफैले दुबै बैंकका अध्यक्षलाई बोलाएर कर्मचारी विवाद मिलाउन भन्नु भएको छ, कर्मचारी विवाद मिलेपछिमात्रै अन्तिम स्वीकृतको प्रकृया सुरु हुन्छ,’ ती अधिकारीले थपे, ‘आजैदेखि भगर्नर सा,ब बिदा लिएर बाहिर जाँदै हुनुहुन्छ, भने अर्का एक सञ्चालक समेत बिदामा हुनुन्छ । राष्ट्र बैंकमा गभर्नर फिर्ता भएपछि नै बोर्ड बैठक बसेर अन्तिम स्वीकृत दिने/नदिने निर्णय हुन्छ । तत्काललाई स्थगित भएकै हो ।’

गभर्नर अधिकारीले दुबै बैंकका अध्यक्षलाई आफू बिदाबाट फर्किदाँसम्म कर्मचारी समायोजनबारे विवाद मिलाइसक्न निर्देशन दिएको स्रोतको भनाइ छ ।

अहिले नबिल बैंकका कर्मचारी आफूलाई अन्याय परेको भन्दै आन्दोलनमा छन् । नबिल बैंक कर्मचारी संघले हाल फाइल बढुवाको रोलक्रममा रहेका, ग्रेडको सीमा छोइसकेका कर्मचारीको हकमा २ तह र अन्यको हकमा १ तह स्वतः बढुवा गरी न्यायिक र भावनात्मक रुपमा यथोचित सम्बोधन गर्न आग्रह गरेका छन् ।

यस्तै बंगलादेश बैंकका कर्मचारीहरुले भने समान रुपमा लामो समयदेखि एउटै क्षेत्रमा समान हैसियातमा काम गरेका कर्मचारीहरुलाई अन्याय गरेर मर्जर गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए । नबिलमा आउँदा तीन पद घटुवा हुने गरी अनौपचारिक सहमति भएको थियो। पछि त्यसलाई एक तह मात्र तल हुने गरी मिलान गरिने सहमति गरियो।

लगत्तै नबिल बैंकका कर्मचारी आफ्नो बैंक व्यवस्थापक संघ असन्तुष्ट भएका हुन् । उनीहरु बीचको विवाद राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्र नियमन विभाग पुगेको थियो ।

यही आन्दोलनकाबीच गभर्नर महाप्रसाद अधिकारी आफैंले दुवै संस्थाका सञ्चालक, माथिल्ला कर्मचारीसँग बुधबार छलफलसमेत गरेका थिए। तर, विवाद नसुल्झिएपछि विवाद समाधान गरेर आउन राष्ट्र बैंकले भनेको छ । कर्मचारीका कारण मर्जर अबरुद्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्