Skip to content
Shikhar Insurance
National Life

नबिल ढुक्क बचत खाता: उच्च ब्याजदर र १० लाखको बीमासहित यस्ता छन् आकर्षक सुबिधा

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

यो खातामा आवद्ध हुने ग्राहकले औषधोपचार बीमा वापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दावी गर्न पाउनेछन् ।

त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पनि पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यो खातामा रहेको छ।
त्यस्तै, नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ । साथै लकरको सुविधा पनि रहेको यो खातामा पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागि ग्राहकहरुले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।

दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्