Skip to content
Shikhar Insurance
National Life

नबिलको मोबाइल बैंकिङ एपमा कार्ड पनि जोड्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले नबिल स्मार्ट बैंक एपमा कार्ड इन्ट्रिग्रेसन सुविधाको सुरुवात गरेको छ ।

बैंकले ग्राहकहरुलाई आफ्नो कार्डको जानकारी तथा कार्डमार्फत साइन अप जस्ता काम नबिल स्मार्टबैंक एपद्वारानै गर्न सक्ने व्यवस्था गरेको हो । आफ्ना ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता को जानकारी एपबाट गराउने व्यवस्था ल्याएको बताएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्