Skip to content
Shikhar Insurance
National Life

नबिलको इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस २ हजार २२ रुपैयाँमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी इन्फिनिटी पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सञ्चालनमा ल्याएको छ । यो सेवा प्राप्त गर्ने लगानीकर्ताले वार्षिक शुल्क २ हजार २२ रुपैयाँ तिरेर सेवा लिन सकिन्छ ।

नन डिस्क्रेसनरी प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन । यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक तथा गहन विश्लेषण, रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ ।

व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ । यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफूसँग भएको नगद रकम वा सेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्