Skip to content
Shikhar Insurance
National Life

नगरपालिकाद्वारा कृषकलाई धानको बीउ वितरण

Hyundai
NCELL
NIMB

तनहुँ। तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रतिकिलो ५५ रुपैयाँमा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो ।

रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । संघीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ वितरण गरिएको हो ।

व्यास नगरपालिका मातहतका १४ मध्ये १२ वडाका कृषकले माग गरेअनुरुप धानको बीउ नवलपुर, चितवन, स्याङ्जालगायत जिल्लाबाट संकलन गरी वितरण गरेको हो । व्यास–२ र ३ बजार क्षेत्रका कृषकले भने धानको बीउ माग नगरेको उनले बताए ।

व्यासका अन्य वडाका कृषकले धानको बीउ माग गरे पनि विशेषगरी १, ५, ६, ७ र ९ वडा धानखेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित छन् । उन्नत बीउका लागि भनेर मगाइएको धानको बीउ सम्बन्धित वडाको तोकिएका स्रोत केन्द्रबाट कृषकलाई वितरण गर्ने व्यवस्था मिलाइएको अधिकृत बगालेले जानकारी दिए ।

कृषकलाई व्यावसायिक खेतीमा उत्साहित गराउन र आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान कार्यक्रमलाई व्यास नगरपालिकाले प्राथामिकता दिँदै आएको छ । प्रशस्त पानीको सुविधा भएका स्थानमा सावित्री, रामधान र आकाशे पानीको भरमा रोपिने सुक्खा ठाउँमा सुक्खा धान लगाउन राम्रो हुने बताइएको छ ।

बीउमा अनुदान दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लागेका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। नगरपालिकाले केही समयअघि रामपुर, कम्पोजिट, मनकामना–३, अरुण–२ लगायत जातको सात मेट्रिक टन उन्नत मकैको बीउसमेत ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्