Skip to content
Shikhar Insurance
National Life

धेरै कर तिर्ने १६ करदाता सम्मानित,  को को परे ?

Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले १६ उत्कृष्ट करदातालाई पुरस्कार प्रदान गरेको छ। बिभागले १६ बिधामा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

धेरै आयकर तिर्नेतर्फ नेपाल दुरसञ्चार कम्पनी लिमिटेड परेको छ। यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्रा ली पुरस्कृत भएको छ। विशेष उद्योगतर्फ धेरै कर तिर्नेमा  एशियन पेन्ट्स परेको छ।

बैंक तर्फ धेरै कर तिर्नेमा ग्लोबल आईएमई  बैंक परेको छ। बैकका अध्यक्ष चन्द्र ढकालले सम्मान ग्रहण गरे । यस्तै कृषि फर्म तर्फ ओबिसी फिड एन्ड फिड्स प्रालीले सम्मान हासिल गरेको छ । लघुबित्त तर्फ छिमेक लघुबित्तले सम्मान पाएको छ । शिक्षा तर्फ नोभेल शिक्षण अस्पताल परेको छ।

बिमातर्फ एलआइसी नेपाल परेको छ। कम्पनीका सिईओ प्रणय कुमार यादव सम्मानित भए । पर्यटनतर्फ मनकामना केबलकार , बस्तु व्यापारतर्फ भाटभाटेनी सुपर मार्केट परेको छ। मध्यमस्तरीय करदाता तर्फ  नेपाल स्टक एक्सचेन्ज परेको छ।

उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी परेको छ । रेमिटेन्सतर्फ  आईएमई रेमिट्यान्स परेको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालले सम्मान ग्रहण गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्