Skip to content
Shikhar Insurance
National Life

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन

Hyundai
NCELL
NIMB

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा दाग नलागेको बताएका छन् । निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटमा उभिएर उनले भनेका छन्–‘रंगशालाका दुबो मरे होलान तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन ।’

धुर्मुशले रंगशाला नबन्नुमा आफ्नो कुनै दोष नरहेको दावी पनि गरेका छन् । उनले सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई साक्षी राखेर आफुले रंगशाला निर्माण सुरु गरेको उनले बताए । अपुग रकम नेपाल सरकारले उपलब्ध गराउने प्रतिवद्धता पनि पुरा नभएको उनको गुनासो छ ।

उनले कोरोना भाईरसको महामारी र सरकारबाट प्राप्त सहयोगको प्रतिवद्धता पुरा नभएकाले काम अघि बढाउन नसकिएको पनि बताए । उनले एक वर्ष अघि नै भरतपुर महानगरपालिकालाई रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गर्दै पत्र लेखेको पनि स्मरण गराएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्