Skip to content
Shikhar Insurance
National Life

धितो लिलामी सुचना प्रकाशित गर्दा ऋणीको फोटा राख्न नपाउने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको फोटो सहितको धितो लिलामी सुचना प्रकाशित गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै कर्जा असुली सम्बन्धी कारवाही सम्बन्धमा सो व्यवस्था गरेको हो ।

बिहीबार राष्ट्र बैंक नियमन विभागद्वारा जारी सो परिपत्रमा भनिएको छ,–‘कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन ।’

एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।

शंकास्पद वर्गमा वर्गीकरण भएको कर्जाको धितो लिलामी प्रकृयामा बैंक तथा वित्तीय संस्थाहरु जान पाउँछन् । तर, अब भने यस्तो प्रकृयामा जाँदा धितो लिलामीको ३५ दिने/१५ दिने र ७ दिने सुचना प्रकाशित गर्दा ऋणीको फोटो भने राख्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्