Skip to content
Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्ष छान्न फेरी नयाँ सूचना, पुरानो आवेदन के हुन्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न पुनः नयाँ आवेदन खुलेको छ । अर्थमन्त्रालयले पुस २९ गतेभित्र आवेदन गर्न नयाँ सूचना निकालेको हो ।

यस अघि गठित छनौट समितिको बैधतामाथि प्रश्न उठेपछि मन्त्रिपरिषद बैठकबाट नयाँ समिति गठन भएको हो । नयाँ छनौट समितिको नेतृत्व पनि योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले नै गरेका छन् । अर्थ सचिव मधु मरासीनी र विज्ञ सदस्यमा डा. जिवनाथ भुषाल रहेका छन् ।
कात्तिक ७ गते गठन भएको पूर्व समितिले आव्हान गर्दा १२ जनाले आवेदन दिएका थिए । अब उनीहरुलाई समेत पुनः आवेदन दिन भनिएको छ । पुरानो आवेदन फिर्ता लिन चाहेमा भने आगामी १५ दिनभित्र फिर्ताका लागि निवेदन दिन सकिन्छ ।

बोर्ड अध्यक्ष बन्न बोडकै कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेका पूर्व सिईओ सिताराम थपलिया, पूर्व एनआरएन रमेश हमाल लगायतले लबिङ गरिरहेका छन् । सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणका कारण भिष्म ढुंगाना बर्खास्त भएपछि बोर्ड नेतृत्व बिहिन छ । यद्यपी ढुंगानाले आफुमाथि गरिएको कारवाही गलत भएको भन्दै अदालतमा मुद्धा हालेका छन् र सो मुद्धा बहसकै क्रममा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्