Skip to content
Shikhar Insurance
National Life

धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको आवेदन

Hyundai
NCELL
NIMB

काठमाडौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । बोर्डको अध्यक्ष छनौट समितिले दोस्रोपटक गरेको आह्वानमा १५ जनाले आवेदन दिएका हुन ।

रिक्त रहेको बोर्डको अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले सार्वजनिक सूचनामार्फत पहिलो पटक आवेदन माग गरेको थियो । जसमा १२ जनाले आवेदन दिएका थिए । तर छनौट नै नियमसंगत नभएको भन्दै आलोचना भएपछि समिति तथा आवेदन खारेज गरिएको थियो ।

छनौट समिति पुन गठन गरि अर्थ मन्त्रालयले गत पुस १५ मा आवेदन माग गरेको थियो । जसमा १५ जनाले आवेदन दिएका छन् । यसअघि आवेदन दिनेमध्ये अधिकांश दोहोरिएका छन् ।

यी हुन् आवेदन दिनेहरूः

१. डा. गोपालप्रसाद भट्ट
२. खगेन्द्र कटुवाल
३. मुक्ति अर्याल
४. रमेश अधिकारी
५. चिरन्जिवी चापागाईं
६. डा. नवराज अधिकारी
७. अम्बिका शर्मा लामिछाने
८. कृष्णराज पोखरेल
९. डा जीवन अंगाई
१०. रमेश कुमार हमाल
११. सिताराम थपलिया
१२. डा. केशवप्रसाद श्रेष्ठ
१३. अनिलराज पौडेल
१४. निरज गिरी
१५. हेमन्त बस्याल

धितोपत्र बोर्ड अध्यक्ष छान्न फेरी नयाँ सूचना, पुरानो आवेदन के हुन्छ ?

अर्थमन्त्रालयले पुस २९ गतेभित्र आवेदन दिन भनेको थियो । नयाँ छनौट समितिको नेतृत्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले छन् भने अर्थ सचिव मधु मरासीनी र विज्ञ सदस्यमा डा. जिवनाथ भुषाल रहेका छन् ।
यसअघि कात्तिक ७ गते गठन भएको पूर्व समितिले आव्हान गर्दा १२ जनाले आवेदन दिएका थिए ।

सेबोन अध्यक्षमा १२ जनाको आवेदन, यी हुन् आकांक्षी

बोर्ड अध्यक्ष बन्न बोडकै कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेका पूर्व सिईओ सिताराम थपलिया, पूर्व एनआरएन रमेश हमाल लगायतले लबिङ गरिरहेका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणका कारण भिष्म ढुंगाना बर्खास्त भएपछि बोर्ड नेतृत्वबिहिन छ । यद्यपी ढुंगानामाथि गरिएको कारवाहीमाथि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्