Skip to content
Shikhar Insurance
National Life

धान आयात रोक्न जग्गा बाँझो राख्न हुन्नः मन्त्री भुसाल

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले धान आयात रोक्न जमिन बाँझो राख्न नहुने बताएका छन्। देशभर खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर बाँझो रहेको उल्लेख गर्दै उनले ती जमिनको उपयोग गर्नुपर्ने बताए।

समाजवादी सहकारी सङ्गठन नेपालको बागमती प्रदेशस्तरीय भेलामा मन्त्री भुसालले धान आयात रोक्न बाँझो जमिनमा खेती गर्नुपर्नेमा जोड दिँदै त्यस कार्यका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरिएको बताए।

सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेतीयोग्य बनाइने विश्वास दिलाउँदै उनले सामूहिक खेतीको अवधारणा पनि अघि बढाउन आवश्यक रहेको बताए। किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको उनको भनाइ थियो ।

यसैबीच नेकपा (एकीकृत समाजवादी)को भातृ सङ्गठन समाजवादी सहकारी सङ्गठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशवप्रसाद दङ्गाल निर्वाचित भएका छन् । बागमती प्रदेशका १३ जिल्लाका सहकारी सञ्चालकको भेलाले दङ्गालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा निरु खरेल, सचिवमा वसन्त माली, कोषाध्यक्षमा नरबहादुर श्रेष्ठ र सहसचिवमा रेशमलाल श्रेष्ठ चयन भएका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्