Skip to content
Shikhar Insurance
National Life

धनगढी त्रिनगर कृषिउपज हाट बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

Hyundai
NCELL
NIMB

काठमाडौं । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको त्रिनगर कृषिउपज हाट बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक सुवासचन्द्र घिमिरेले हाटबजारमा क्यूआर कोडमार्फत भुक्तानी गरी सेवाको आरम्भ गरे ।

क्यूआर कोड सेवा सुरु भएसँगै हाटबजारमा तरकारी तथा फलफूल किन्न जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूलको रकम पसलेलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न तत्पर रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्