Skip to content
Shikhar Insurance
National Life

‘द क्लिफ’का अध्यक्ष कार्कीलाई जनसेवा श्री पदक

Hyundai
NCELL
NIMB

कुश्मा । अहिलेको ट्रेन्डिङ पर्यटन हव ुद क्लिफुका अध्यक्ष राजु कार्की संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट जनसेवा श्री पदक बाट विभूषित भएका छन् ।

राजुको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदिको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बाइएको द क्लिफमा बिश्वकै अग्लो स्विङ र बिश्वकै दोश्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, बिश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।
‘ुसामान्य देखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्’, अध्यक्ष राजु थप्छन्–‘बै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’

राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ २९ को सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा विभूषण प्रदान भएको हो ।

पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरी विशिष्ट योगदान पुर्‍याए बापत कार्की गत बर्ष पर्यटन मन्त्रालय र नेपाल जेसिजबाट पनि सम्मानित भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्