Skip to content
Shikhar Insurance
National Life

द्वन्द्वग्रस्त दक्षिण सुडानका गभर्नर दामियान बर्खास्त, एलिक गाराङलाई नयाँ जिम्मेवारी

Hyundai
NCELL
NIMB

दक्षिण सुडान । दक्षिण सुडानका राष्ट्रपति साल्भा कीरले केन्द्रीय बैंकका गभर्नर जोनी ओहिसा दामियानलाई सोमबार साँझ बर्खास्त गरी जेम्स एलिक गाराङलाई उक्त पदमा नियुक्त गरेका छन्।

राज्य सञ्चालित साउथ सुडान ब्रोडकास्टिङ कर्पोरेसनमा प्रसारण गरिएको आदेशमा कीरले केन्द्रीय बैंकका दुई उप गभर्नरहरू अदिस अबाबा ओथो र जोन मासिक एकुओथलाई बर्खास्त गर्दै उनीहरूको स्थानमा पनि नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रीय बैंकमा नियुक्त हुनुअघि गाराङ अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका वरिष्ठ सल्लाहकार हुन् । अर्को एक आदेशमा कीरले राष्ट्रिय राजस्व प्राधिकरणका आयुक्त जनरल अथियान डिइङ अथियानलाई बर्खास्त गर्दै उनको स्थानमा डेपुटी अफ्रिकनो मण्डे गेडिमालाई नियुक्त गरेका छन् । एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE