Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, दुई अर्ब ३७ करोडको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात् आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १२.१६ अंक बढेर २०९७.०९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९० अंक, फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ।

यस दिन बैंकिङ उपसमूहको परिसूचक बढेसँगै नेप्से सकारात्मक भएर बन्द भएको हो। यसदिन १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ। अन्य ६ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत साताको अन्तिम कारोबार दिन ३ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८६ कम्पनीको ३९ हजार ३७ पटकको कारोबारमा २ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ९३ कम्पनीको सेयर मूल्य बढेको छ । ११७ कम्पनीको सेयर मूल्य घटेको छ भने, ६ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

आइतबार सनराइज फोकस्ड इक्विटी फण्ड सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, एनआईबीएल ग्रोथ फण्ड ९.९२ प्रतिशत र सानिमा ग्रोथ फण्डको इकाईको मुल्य ९.९० प्रतिशतले बढेको छ । यस दिन सिटिजन्स म्युचुअल फण्ड, माछापुच्छ्रे बैंकको ऋणपत्र र ग्रामिण विकास लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लिबर्टी इनर्जीको सेयरमूल्य सर्वाधिक ५.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो।

त्यसैगरी, यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख, माउन्टेन इनर्जिको नेपालको ९ करोड ८४ लाख, हिमालयन एभरेष्ट्र इन्स्योरेन्सको ७ करोड ६२ लाख र एशीयन लाइफ इनसयोरेन्सको ७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्