Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले बढेको सेयर बजारमा कुन–कुन कम्पनीले कमाए ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार बढेर बन्द भएको छ । गत साताको मंगलबारदेखि ओरालो लागिरहेको सेयर बजारले यस दिन भने बढेर बन्द भएको हो ।

सोमबार सेयर बजार दोहोरो अंकले बढ्दा हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यसदिन सो कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको हो ।

त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.९३ प्रतिशत, आशा लघुवित्तको ६.१६ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको ५.८८ प्रतिशत सेयर मूल्य बढेको हो । कारोबारमा आएको लक्ष्मी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।

सोमबार नेप्से परिसूचक २१.३० अंक बढेर १८४७.५४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन ९७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८३ कम्पनीको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ।कारोबारमा आएको मध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ३२ कम्पनीको घटेको छ भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। यस दिन सो होटलको ६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयलको ५ करोड ६२ लाख, हाथवे इन्भेष्टेमन्टको ३ करोड ७८ लाख र हिमालयन बैंकको संस्थापक सेयर ३ करोड ५८ लाखभन्दा बढीको सेयर किनबेच भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्