Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम भने उल्लेख्य बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । पछिल्लो ७ कारोबारको दिन बढेको सेयर बजार आज आठौं कारोबार दिन भने दोहोरो अंकले घटेर बन्द भएको हो । कारोबार अवधिको तीन घण्टासम्म सकारात्मक रहेको नेप्से, सोपछिको समयमा भने घट्न थालेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार १७.३८ अंक घटेर १,९४१.७४ को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.९० अंकले घटेर ३६९.४२ को विन्दुमा बन्द भएको हो ।

यसदिन सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । दिनभरीमा २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बुधबार सेयर बजार १६.४९ अंक बढ्दा १ अर्ब ८७ करोड ३० लाख रुपैयाँमा खरिदबिक्री भएको थियो । कारोबारमा आएको ४४ कम्पनीको सेयर मूल्य बढेको छ । १७४ कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनियन लाईफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सेयर कारोबार रोक्का रहेको यूनियन लाइफ इन्स्योरेन्सको आज कारोबार भएपछि कसरी कारोबार भयो भन्ने विषयमा नेप्सेले छानविन गरिरहेको छ।

त्यस्तै, यूनिलिभर नेपालको ७.१८ प्रतिशत, एनएमबी डिबेन्चर्स ८.५० प्रतिशत २०८७र८८ को मुल्य ६.०१ प्रतिशत र चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.९९ प्रतिशतले बढेको छ । भने, बाँकी कम्पनीको सेयर मुल्य ५ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको हिमालयन उर्जा विकास कम्पनीको सेयर मुल्य सबैभन्दा बढी ६.४० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको २१ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।त्यसैगरी, नेपाल टेलिकमको ९ करोड १३ लाख, सोल्टी होटलको ८ करोड ८६ लाख, चिलिमे हाइड्रोपावर कम्पनीको ८ करोड ३८ लाख र नेपाल इन्फाइन्ट्रक्चर बैंकको ७ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१३ उपसमूमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विका सबैंक, वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्