Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो नेप्से

Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । केहि दिनदेखि सामान्य अंकले घटबढ भइरहेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार परिसूचक १८.३० अंकले घटेर २,०३९.५४ को विन्दुमा बन्द भएको छ ।

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.७८ अंकले घटेर ३९४.५१ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २१९ कम्पनीका ४२ लाख ३४ हजार १ सय १७ कित्ता सेयर १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । सो दिन कारोबारमा आएको १५ कम्पनीको सेयर मूल्य बढेको छ । १६८ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ११ करोड २४ लाख ६५हजार रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि, रिडी पावर कम्पनीको ९ करोड ४१ लाख २८ हजार, नेष्डो समृद्धिको ८ करोड ३१ लाख ४० हजार, अरुण काबेलीको ७ कारेड २८ लाख ६१ हजार र राधि विद्युत् कम्पनीको ४ करोड ८३ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अपर हेवाखाला हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएबको छ । रुरु जलविद्युत् कम्पनीको ८.९३ प्रतिशत र नेष्डो समृद्धिको २.०७ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन मैलुङखोला जलविद्युत कम्पनीको सेयरधनीहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।

समूहगत उपसूचकहरु सबै घटेको छ । बैंकिङ्ग ०.३६ प्रतिशत, व्यपार १ प्रतिशत, होटल एण्ड टुरिजम १.५१ प्रतिशत, डेभलपमेण्ट बैंक १.५४ प्रतिशत, हाइड्रोपावर कम्पनी १.५९ प्रतिशत, फाइनान्स २.०७ प्रतिशत, निर्जिवन बीमा इन्स्योरेन्स ०.२७ प्रतिशत, उत्पादतमुलक क्षेत्र १.५६ प्रतिशत, अन्य २.२ प्रतिशत, माईक्रोफाइनान्स ०.५८ प्रतिशत, जिवन बीमा कम्पनी ०.६२ प्रतिशत, म्युचुअल फण्ड ०.५८ प्रतिशत र इन्भेष्टमेण्ट ०.७७ प्रतिशतले घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्