Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसदिन लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीकोे सेयर मुल्य १० प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात ६६ रुपैयाँ २० पैसा बढेर प्रतिकित्ता ७२८ रुपैयाँ २० पैसा पुगेको हो भने कुथेली बुखारी हाइड्रोको ४७ रुपैयाँ ९० पैसा बढेर प्रतिकित्ता ५२६ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यसैगरी, समलिङ्गी पावर कम्पनीको ५.१८ प्रशितशत, सुपर मोदी हाइड्रोपावर कम्पनीको ३.८२ र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य २.९० प्रतिशतले बढेको छ । कारोबारमा आएको अन्य कम्पनीको सेयर मूल्य भने २.५६ प्रतिशत भन्दा कमले बढेको छ । यसदिन कारोबारमा आउको मन्छियम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.९९ प्रतिशतले घटेको छ ।

सोमबार नेप्से परिसूचक १२.९३ अंक घटेर १९९८.२८ विन्दुमा बन्द भएको छ। सेयर बजार घटेसँगै नेप्से परिसूचक करिब साढे २ महिनापछि २००० विन्दुभन्दा तल बन्द भएको हो। यस अघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल बन्द भएको थियो।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ।

दिनभरीमा २७२ कम्पनीको ३९ हजार ४२५ पटकको कारोबारमा १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ४८ कम्पनीको सेयर मूल्य बढेको छ । १७१ कम्पनीको घटेको छ भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ८ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख, सोल्टी होटलको ५ करोड ७८ लाख, घोराही सिमेन्ट कम्पनीको ५ करोड ६ लाख र हिमालयन डिस्टिलरीको ४ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्