Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घटेको सेयर बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक २१ करोड माथि कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो।

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.१५ अंकले घटेर १,९१५.१४ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.९० अंकले घटेर ३६१.०१ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात बुधबार नेप्से परिसूचक १५.७६ अंकले घट्दा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ ।

नेप्सेका अनुसार कारोबारमा आएको २८ कम्पनीको सेयर मूल्य बढेको छ । १७९ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहिबार कारोबारमा आएको माया खोला हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारेबार भएको छ । एशियान हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत र सिद्धार्थ बैंकको ८.३४ प्रतिशतले सेयर मूल्य बढेको छ । भने बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कमले बढेको छ ।

यूनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एनआइसी एशिया बैंक सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, सिद्धार्थ बैंकको ८ करोड ३५ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ४५ लाख, नबील बैंकको ३ करोड ८४ लाख र शिवम् सिमेन्टको ३ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्