Skip to content
Shikhar Insurance
National Life

दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिन नै घोराही सिमेन्टको सेयरमा नकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भई दोस्रो बजारमा कारोबार खुलेको पहिलो दिन नै घोराही सिमेन्टको सेयरमा नकारात्मक सर्किट लागेको छ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गरेको घोराही सिमेन्टको सेयर पहिलो कारोबारको दिन नै नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

आइतबारबाट दोस्रो बजारमा कारोबार खुलेको कम्पनीको पहिलो कारोबार ५६५.५ रुपैयाँमा खुलेको थियो। तर बजारमा बिक्री चाप बढ्दा कम्पनीको सेयर मूल्य घटेर ५०९ रुपैयाँसम्म कारोबार भएको छ।

पहिलो कारोबार खुलेको केही समयमा नै कम्पनीको एक लाख कित्ताभन्दा धेरै सेयर कारोबार भइसकेको छ। यसले कम्पनीको सेयरमा बिक्री चाप बढेपनि खरिदकर्ता समेत उत्तिकै सक्रिय रहेको देखाउछ।

आइपीओ निष्काशनको समयमानै नक्कली आवेदन दिएको भन्दै चचर्ममा रहेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा सर्वसाधारणलाई आइपीओ जारी गरेको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्