Skip to content
Shikhar Insurance
National Life

दोर्दी खोलाको आईपीओमा आवेदन खुल्यो, क-कसले भर्ने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा मंगलबारदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि आईपीओ निष्काशन गरेको हो ।

दोर्दी खोलाले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले अर्थात् १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । हालका लागि सो सेयरमा आयोजना प्रभावित क्षेत्र लमजुङ दोर्दी गाउँपालिकाका स्थानीय आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्ने जानकारी कम्पनीले दिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिन्छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्ता सेयरका माग गर्न सक्नेछन् । आईपीओ निष्काशन छिटोमा वैशाख २७ गते बन्द हुनेछ भने माग बमोजिम आवेदन नपरेमा म्याद जेठ ११ गतेसम्म लम्बिनेछ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालबाट इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्