Skip to content
Shikhar Insurance
National Life

‘दैनिक २ रुपैयाँमै खरिद गर्ने पोलिसी बनाउँनुस्, मर्जरमा नजाने कम्पनीले अब दुःख पाउँछन्’

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले मर्जर तथा पूाप्तिमा नजाने कम्पनीहरु प्रति आफु कठोर बन्ने बताएका छन् । आइतबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको औपचारीक एकिकृत कारोबार कार्यक्रममा बोल्दै समितिका अध्यक्ष सिलवालले सो बताएको हुन् ।

हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्पन्न गराएर बीमा क्षेत्रमा इतिहास कायम गर्न आफु सफल भएको भन्दै तोकिएको पुँजी कायम नगर्ने कम्पनीहरुलाई व्यवसाय विस्तारमा रोक लगाइने उनले बताए ।

‘हिमालयन एभरेष्टको एकिकृत कारोबारले बीमामा इतिहास रचियो, अब बीमित पनि शुरक्षित हुन्छन्, लगानिकर्ताले पनि उचित प्रतिफल पाउँछन्,’ कार्यक्रममा समितिका अध्यक्ष शिलवालले भने, ‘मर्जरमा नजाने कम्पनिहरुले अब दुःख पाउँछन्, तेतिकै छोड्दिन । २.५०अर्ब रुपैयाँ पुँजी भएका कम्पनीले जति एक अर्बको कम्पनीले जोखिम बोक्न सक्दैनन् । भोलीको दिनमा पुँजीअनुसारको मात्र व्यवसाय बिस्तार हुनेछ, पुँजी वृद्धिले हाम्रो बीमा कम्पनीहरुको साख पनि बढ्छ ।’

बीमा भनेको समाज सेवा मात्र नभएर कम्पनीहरुलाई लगानी गरेपछि प्रतिफल दिने गरी व्यवसाय गर्न उनले सुझाव दिए । बीमा कम्पनीहरुको पुँजी वृद्धि र मर्जरले भोलीको दिनमा बीमा व्यवसाय फस्टाउने उनको अनुमान छ । त्यसैले बीमा कम्पनीहरुले सबै वर्ग तथा क्षेत्रमा पुगेर सोही अनुसारको पोलिसीहरु जारी गर्नु पर्ने उनले बताए ।

‘अब बीमा क्षेत्र फस्टाउँछ । पैसा स्थानीय तहमा छ, त्यहाँ कम्पनीहरु जानू पर्छ । पोलिसीहरु बुझिने खालका बनाउँनु पर्छ,’ उनले भने, ‘दैनिक मोबाईलबाट २ रुपैयाँ तिरेर बीमा गर्न पाउने व्यवस्था गर्नुपर्छ । गरिबले पनि एक दुई रुपैयाँ तिरेर बीमा गर्न पाउनु पर्छ, त्यस्ता पोलिसी बनाउन लागि पर्नुस ।’

केही समयअघिसम्म सरकारले बीमा नबुझेको तर, अहिले बुझदै गएको हुँदा सरकारी निर्माण परियोजनाहरु र सम्पत्तिको पनि बीमा हुँदै जाने उनले जानकारी दिए
‘बीमा क्षेत्र व्यवस्थित हुँदैछ, समितिले नियन्त्रण भन्दा पनि नियम्न गर्छ, बीमाको मर्जरमा कर्मचारीको सेवा सुविधा घटुवा नगर्नु भनेका छौँ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्