Skip to content
Shikhar Insurance
National Life

देशैभरका व्यवसायी चालु पूँजी कर्जा मार्गदर्शनको विपक्षमा, सुर्खेतबाट पनि उठ्यो आवाज

Hyundai
NCELL
NIMB

कर्णाली । सुर्खेतका व्यवसायीले नेपाल राष्ट्र बैंकले यही भदौ ७ गते जारी गरेको चालू पुँजी मार्गदर्शन–२०७९ लाई परिमार्जन गर्न माग गरेका छन् । राष्ट्र बैंकको प्रादेशिक कार्यालयमार्फत केन्द्रीय बैंकका गभर्नरलाई आज विरोधपत्र बुझाउँदै सुर्खेत उद्योग वाणिज्य सङ्घले उद्यम व्यवसायमा प्रतिकूल असर पर्ने चालु पूँजी मार्गदर्शन परिमार्जन गर्न माग गरेको हो ।

आर्थिक सङ्कटका बेला निजी क्षेत्रलाई अनुदानका साथै प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुको साटो कर्जा प्रवाहमा सङ्कुचन गरी उत्पादनमूलक उद्योग÷व्यवसायका लागि चालु पूँजी कर्जाको सीमा निर्धारण प्रावधानप्रति सङ्घले आपत्ति जनाएको छ ।

विरोधपत्रमा भनिएको छ, “महाभूकम्पदेखि कोभिडकाल हुँदै पछिल्लो समय रुस–युक्रेन युद्धका कारण खल्बलिएको अर्थतन्त्रलाई सम्हाल्न उद्योगको प्रकृतिअनुसार फरक चालु पूँजी रकम आवश्यक पर्ने हुँदा दुई करोडभन्दा बढी चालु पूँजी कर्जाको २५ प्रतिशत सीमा निर्धारण गरिनु व्यावहारिक छैन ।”

सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालनमा मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पार्ने बताए । (ओभरड्राफ्ट) कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जालगायतका कर्जा प्रतिव्यक्ति ५० लाखसम्म मात्र प्रवाह गर्न सकिने तथा घरजग्गा धितो राखी कर्जा प्रवाह गर्दा ४० प्रतिशत मूल्यसम्म हुनेगरी कर्जा दिने प्रावधानले जिल्लागत व्यवसाय मारमा पर्ने उनको भनाइ छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्