Skip to content
Shikhar Insurance
National Life

दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना

Hyundai
NCELL
NIMB

काठमाडौँ । बिहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको ‘क्यान इन्फोटेक’ मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त थिए । आफैँमा दृष्टिविहीन उनले दुई दिनदेखि कसरी अनलाइनबाट अध्ययन गर्न सकिन्छ भन्नेबारे दृष्टिविहीनलाई ज्ञान बाँडिरएको छ ।

जलदेवले जस्तै जलशा सापकोटाले पनि आफूसँग भएको ज्ञान दृष्टिविहीनलाई बाँडिरएको छ । भृकुटीमण्डपको ८० नं कक्षमा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल (एड्राड नेपाल)ले दृष्टिविहीन तथा अक्षर पढ्न नसक्नेलाई यसरी सूचना प्रविधिको प्रयोगबारे जानकारी दिँदैआएको छ । दृष्टिविहीनलाई सूचना प्रविधिबारे जानकारी दिन तथा उनीहरुलाई अनलाइन पुस्तकालय कसरी प्राप्त गर्न सकिन्छ भनेर जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी तथा साक्षात्कार आयोजना गरिएको हो ।

उक्त प्रदर्शनी यही वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । “दृष्टिविहीनले पनि प्रविधिको प्रयोग गरी धेरै गर्न सक्छन्, उनीहरु पनि प्रविधिबारे जानकार हुनुपर्छ भन्ने ज्ञान दिन खोजेका हौँ”, जलसाले भने। दृष्टिविहीनले फोनबाटै विभिन्न एप्स प्रयोग गरेर बैंकको खाता सञ्चालन, अनलाइन कारोबारलगायतबारे जानकारी दिइने गरिएको छ ।

प्रदर्शनीमा अपाङ्गता वा दृष्टिविहीनका बारेमा निर्माण भएका ऐन, कानुन, नीति, निर्देशिकाबारे समेत छलफल भइरहेको एड्राड नेपालका कार्यकारी प्रमुख डा. वीरेन्द्रराज पोखरेलले जानकारी दिए ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्