Skip to content
Shikhar Insurance
National Life

दूरसञ्चारका पुर्व अध्यक्ष खनालसहित १९ जना विरुद्ध मुद्दा दर्ता, ९१ करोड बिगो माग दाबी

Hyundai
NCELL
NIMB

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । आयोगले बिहिबार ९१ करोड ९८ लाख ३० हजार रुपैयाँ बिगो माग दाबी सहित मुद्दा दायर गरेको हो । आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगले आरोपित गरेका व्यक्तिहरुमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, बरिष्ठ निर्देशक आनन्द राज खनाल, निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक / उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ छन् ।

यस्तै निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक / उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशक/उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक / उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्