Skip to content
Shikhar Insurance
National Life

दुर्गम चुम्चेतमा बिजुली बत्ती

Hyundai
NCELL
NIMB

गोरखा । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।

आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रीकल्चरल एन्ड एसोसिएशन ब्रिटिस गोर्खाज नेपालको सहयोगमा चुम्चेतका बस्ती बिजुली बत्ती बाल्न सफल भएको उनको भनाइ छ ।

चुम्चेतको खोलामा निर्माण गरिएको उक्त आयोजनाबाट स्थानीय चुम्लिङ, चुम्चेत, थार, सिप्चेत, डुम्जो, रेन्ञम, यार्चोलगायतका क्षेत्रमा बिजुली बत्ती पुगेको अध्यक्ष लामाले बताए । गाउँमै बिजुली बत्ती बाल्न पाएपछि स्थनीय बासिन्दा खुसी भएको उनले बताए ।

बिजुली बत्ती नहुँदा बत्ती बाल्न मात्र नभएर कुटानी पिसानीमा दुःख खेप्दै आएका चुम्चेतका स्थानीय बासिन्दाहरुलाई अब सजिलो हुने गाउँपालिका अध्यक्ष लामाले बताए । गएको मङ्सिरबाट निर्माण सुरु

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्