Skip to content
Shikhar Insurance
National Life

दुर्गम क्षेत्रका डेढ हजार नागरिकले पाए नि:शुल्क स्वास्थ्य सेवा

Hyundai
NCELL
NIMB

भोजपुर । सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट १ हजार ५ सय १४ जनाले सेवा पाएका छन् । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्देश्यले चारदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य उपचारबाट वञ्चित रहेको अवस्थामा आफ्नै ठाउँमा सबै खालका रोगको नि:शुल्क सेवा पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ का स्थानीय प्रेम राईले बताए । ‘भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ’ उनले भने ‘नि:शुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोगको उपचार गर्न पाइयो, धेरै खुसी लागेको छ, यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।’

दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको टेम्केमैयुङ–२ का स्थानीय काजिराम राईले बताए । आफ्नै ठाउँमा नि:शुल्क सेवा लिन पाउँदा खुसी लागेको उनको भनाइ छ । ‘ँशिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ”, उनले भने, ँसहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ ।’

गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एसोसिएसन ब्रिटिस गोर्खा नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल मेडिसिन, आँखा, दाँत, कान, इसिजी सेवा, अल्ट्रा साउण्ड टेष्ट, स्त्रीरोग, ल्याब परीक्षण लगायतको सेवा प्रवाह गरिएको आयोजकले जनाएको छ ।

स्थानीय नागरिकहरुलाई सजह रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मानव स्वास्थ्यमा ध्यान दिने सोचले शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । यही मङ्सिर ७ गतेदेखि सुरु भएको शिविर मङ्सिर १० गतेसम्म सञ्चालन गरिएको कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE