Skip to content
Shikhar Insurance
National Life

दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुनेछः कृषिमन्त्री भुसाल

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले यी दुई संस्था विघटन गरे पनि यी क्षेत्रको कामलाई सरकारले निरन्तरता दिने स्पष्ट पारे।

उनले भने, “यी दुई संस्था विघटन गर्ने भनिए पनि सरकारले यी क्षेत्रका काम नगर्ने भन्ने होइन । दुवैको कार्यलाई अझै प्रभावकारी र उपलब्धिमूलक बनाउन पुनःसंरचना गरिनेछ ।”

उनले विघटनको प्रस्ताव मन्त्रालयको नभएर डा डिल्लीराज खनालको नेतृत्वको खर्च पुनरावलोकन आयोगको सिफारिसमा गरिएको बताए। उनले देशभर महामारीका रुपमा फैलिएको ‘लम्पी स्कीन’को सङ्क्रमण र मृत्युदर घट्ने क्रममा रहेको जानकारी दिए ।

उनले हालसम्म सात लाख ८२ हजार एक सय ८४ वटा पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण भएको र २८ हजारभन्दा बढी पशुको मृत्यु भएको बताए। सरकारको तीनै तहमा समन्वय गरी यस रोगको रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

मन्त्री भुसालले भने, “लम्पी स्कीन रोगका सन्दर्भमा सरकारले केही पनि गरेन भन्ने होइन । यसको उपचार तथा रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ ।”

उनले उक्त सङ्क्रमणविरुद्धको खोप जोर्डन, ताञ्जिनिया र टर्कीबाट १२ लाख डोज भ्याक्सीन आयात गरेर दुई लाख ५० हजार सात सय ६६ पशुलाई खोप लगाइएको जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्