Skip to content
Shikhar Insurance
National Life

दुई विकास बैंकको सेयर मूल्य समायोजन, सोमबार कुनको कतिमा खुल्छ कारेबार?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई विकास बैंकको सेयर मूल्य समायोजन भएको छ। आइतबार नेप्सेले संग्रिला डेभलपेमन्ट बैंक र साइन रेशुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई बैंकको सेयर मूल्य समायोजन गरेको हो।

नेप्सेले संग्रिला डेभलपेमन्ट बैंकको सेयर मूल्य समायोजन गरी प्रतिकित्ता २८० रुपैयाँ ९५ पैसा कायम गरेको छ। बैंकले ५ प्रतिशत बोनस वितरण गर्न बुकक्लोज गरेको थियो। बुकक्लोजसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो।

यस्तै, साइन रेशुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरी प्रतिकित्ता ३५२ रुपैयाँ ९४ पैसा कायम गरेको छ। बैंकले १०.५० प्रतिशत बोनस सेयर वितरणको लागि बुकक्लोज गरेको थियो।

सोमबार दुबै कम्पनीको समायोजित मूल्यमा आधारित रहेर सेयर कारोबार खुल्ने छ।

GBIME

प्रतिक्रिया दिनुहोस्