Skip to content
Shikhar Insurance
National Life

दुई कम्पनीले पाए आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, कुन कम्पनीको कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियङ हाइड्रोपार लिमिटेड र भगवती हाइड्रोपार कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि सो बराबरको सेयर निष्काशन गर्नेछ ।

कम्पनीले दोलखाको सिंगटीस्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्