Skip to content
Shikhar Insurance
National Life

दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । आज हाथवे इन्भेष्टमेन्ट र मान्डु हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यी दुई कम्पनीको सेयर भोली अर्थात बुधबारदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने गरी नेप्सेमा सूचीकृत गरेको हो ।

हाथवे इन्भेष्टमेन्टको २ करोड ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर कारोबारको लागि नेप्सेले एचएटिएचवाइ कारोबार संकेत प्रदान गरेको छ।

यसैगरी, माण्डु हाइड्रोपावरको १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर कारोबारको लागि नेप्सेले एमएएनडियु कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेले दिएको यही कारोबार रेञ्जमा रहेर बुधबार दुबै कम्पनीको सेयर कारोबार खुल्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्