Skip to content
Shikhar Insurance
National Life

दिपक अग्रवालः वीरगञ्जको कोचिङ्ग सेन्टरदेखि जगदम्बाको उपाध्यक्ष हुँदै ‘नम्बर वान’ टिभिएससम्म

Hyundai
NCELL
NIMB

दिपक अग्रवाल, नाम नै झट्ट सुन्दा ‘सिल्भर स्पुन’ मारवाडी समुदायका नयाँ पुस्ताका व्यवसायी हुन् जस्तो सुनिन्छ ।

तर, उनको संघर्षको कथा रोचक छ । उनको जन्म वीरगञ्जमा भएको हो ।

प्राथमिक तहसम्मको शिक्षा वीरगञ्जमै र उच्च शिक्षा भारतमा गएर पुरा गरेका हुन् । भारतमा उच्च शिक्षा हासिल गरेपछि उनले वीरगञ्जको स्कुल टिचरबाट आफ्नो करियरको शुरुवात गरे । अग्रवालले वीरगञ्जमै केही समय आफ्नै कम्युटर इन्स्टिच्युट खोलेर पढाउने काम गरे । केही समय कम्युटर अपरेटरको काम गरेपछि उनी कर्पोरेट मोडेलमा प्रवेश गरेका हुन् ।

वीरगञ्जकै विभिन्न उद्योगहरुमा काम गरिरहेका अग्रवाललाई आफ्नो भविश्यको लक्ष्य पुरा भने राजधानीमै गएपछि हुन्छ भन्ने थियो । त्यसैले उनले वीरगञ्जमा हुँदै काठमाडौंको एक अडिट फार्ममा अडिटरको जागिर पक्का गरे । काठमाडौं आएर सन् २००७ देखि अडिटरको जागिर शुरु गरेका अग्रवाललाई युनाइटेड फाइनान्सको सिस्टम अडिट गर्ने अवसर प्राप्त गरे । सो समय अग्रवालको कामबाट प्रभावित भएर युनाइटेडका विष्णु अग्रवालले जागिरको अफर गरेका हुन् ।

हाल अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवाल सो समय फाइनान्सको संस्थापक सञ्चालक थिए ।

कम्पनीको अडिटका काममा देखिएको समस्या सुल्झाउने जिम्मेवारी पाएका उनले करिब ४ वर्ष काम गरे ।

कर्पोरेट सेक्टरलाई आफ्नो करियर बनाएपनि उनलाई बैंकिङ जागिरले आफ्नो लक्ष्य पुरा नहुने महशुस गर्न थाले । तोकिएको जिम्मेवारी बिहान १० बजेदेखि ५ बजेसम्मको कार्यलयमा समय निभाइरहँदा आफैंभित्र आफु गुम्सिएको महशुस भएको उनी सुनाउँछन् ।

‘बैंकिङ जागिर भनेको रुटिन फर्म्याटमा हुन्छ, यो काम मलाई एकदम मोनोटोनस भएको महशुस हुन थाल्यो । त्यसपछि युनाइटेडबाट बाहिरिएँ’ अग्रवाल सुनाउँछन् ।

उनले युनाइटेड फाइनान्समा ४ वर्ष काम गरेका थिए । सो अवधिमा पोर्टफोलियो बढाउने, शाखा विस्तार लगायत व्यवसाय वृद्धिमा महत्वपूर्ण योगदान दिएर बाहिरिएको उनी दावी गर्छन् ।

‘कुल ५० करोड रुपैयाँ पोर्टफोलियो भएको कम्पनीलाई अढाइ सय करोड रुपैयाँको बनाएर निस्किएको थिएँ भने १२ वर्षसम्म कुनै पनि ब्राञ्च नखुलेको कम्पनीले मेरो लिडरसीपमा ५ वटा ब्रान्च खोलेको थियो,’ उनी सुनाउँछन् ।

फाइनान्सबाट बाहिरिन चाहेपछि बिष्णु अग्रवालले नै उनलाई मोरङ्ग अटो वर्कस् अन्तर्गतको स्कोडा गाडीको बिजेनेश हेडको जिम्मेवारी सुम्पिए । करिब ५ वर्ष स्कोडाको बिजनेश हेडको जिम्मेवारी निभाउँदा नै अग्रवाल अटोमोबाइल्स क्षेत्रमा ब्राण्डको मार्केटिङ र सेल्स लगायतमा पोख्त भएका हुन् ।

‘त्यस बेला नेपालमा जापानिज ब्राण्डको बाहुल्यता बढी थियो, हामीले मार्केटिङ्गको डाइमानिक्स नै परिवर्तन गर्यौं । युरोपियन ब्राण्डको रुपमा स्काडालाई नेपालमा स्थापित गराउन सफल भयौं,’ उनी सुनाउँछन् ।

पछिल्लो ७ वर्षदेखि अग्रवाल जगदम्बा मोटर्समा आबद्ध छन् । महेन्द्रा टु ह्विलर बिक्री गरिरहेको जगदम्बा मोटर्स २०१५ मा टीभिएसको नेपालका लागि आधिकारिक वितरक बन्यो । सो समयमा अटो बजारका ब्राण्डहरुबीच अन्य ब्राण्डहरुको सूचीमा पर्ने टीभीएसलाई आफ्नो बलबुताले ‘नम्बर २ ब्राण्ड’ बन्न सफल भइसकेको दिपक अग्रवाल दावी गर्छन् । जगदम्बा मोटर्सलाई टु ह्विलरको टिभिएसमा मात्र केन्द्रित नभएर अटोमोबाइल हब कै रुपमा स्थापित गराउने योजनामा उनी छन् ।

‘हामी अरु कम्पनीहरुसँग काम गर्दा टिभिएसलाई ‘अदर्स ब्राण्ड’ मा गणना गरिन्थ्यो, त्यसलाई हामीले नम्बर ६, ५, ४, ३ गर्दै अहिले २ नम्बरसम्म ल्याइसकेका छौंँ,’ अग्रवाल सुनाउँछन्, ‘अब अटो मोबाइल्स क्षेत्रमा नम्बर वान युनिटको रुपमा जगदम्बा मोर्टसलाई स्थापित गराउँछौं ।’

उनको मिहिनेतले ७ वर्षका बीचमा टिभिएसले यो उचाइ प्राप्त गरेको हो । केही समयभित्रै यसलाई १ नम्बरको ब्राण्ड बनाउने उनको योजना छ । यसका लागि उनी र उनको टिमले आजदेखि नै काम गरिहेका छन् ।

‘म जगदम्बामा आवद्ध हुँदा जगदम्बाले सानो घरबाट ५० जनाको टिमले अफिस शुरु गरेको थियो । कम्पनी अहिले कर्पोरेट हाउसका रूपमा स्थापित भइसकेको छ,’ उनले सुनाए, ‘अहिले टिममा नै ७ सय जना छौंँ । सानो एउटा वेयरहाउस अहिले नेपालभरी ४ वटा वेयर हाउस भइसकेको छ ।’

बजाजपछि जगदम्बा नेपालमा एसेम्बिलिङ्ग प्लान्ट चलाउने टीभीएस दोस्रो कम्पनी हो । टिभिएसको एसेम्बलिङ प्लान्टको उनी आफैं लिड गर्छन् । लिडरसीप र एसेम्बिलिङ्ग प्लान्समा अभ्यस्त हुन उनलाई धेरै चुनौती सामना गर्नु परेको उनी सुनाउँछन् ।

‘पहिलो, दोस्रो सीकेडी प्लान्टसमा एसेम्बिलिङ्ग पनि लिएर आउँदा धेरै चुनौती थिए । संस्थालाई लिडरको रुपमा मैले नै हाकिरहेको हुँदा यसको सकारात्मक/नकारात्मक दुबै चुनौतीको जिम्मेवारी मैले नै लिनु पर्छ,’ उनले भने, ‘तर, टिम वर्क राम्रो हुनाले आज हामी यहाँ छौं । हामी अहिले पनि रोकिएका छैनौं । थप उचाइमा पुर्याउने लक्ष्य राखेका छौंं ।’

सामान्य स्कुलका शिक्षकदेखि जगदम्बाको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहँदा उनी आफूलाई भाग्यको साथ नभएर मेहनत र लगनको साथ भएको मान्छन् । यी सबैबाट खारिएर आज उनी यहाँ आइपुगेका छन् । यो संर्घषको कथामा उनले थुप्रै आरोव अवरोधहरु पार गरेका छन् ।

‘सामान्य परिवारबाट आएको हुँ, सामान्य स्कुल टिचरबाट करियर शुरु गर्दादेखि यहाँसम्म आउँदा मेहनतलाई नै आफ्नो सफलता मान्छु, आज जहाँ छुँ त्यसमा पूर्ण सन्तुष्ट छु,’ उनले आफ्नो सन्तुष्टि सुनाए ।

शंकर ग्रुपको महत्वपूर्ण बिजनेस इन्टिटी जगदम्बा मोटर्सको उपाध्यक्ष तथा निर्देशकको भुमिकामा अहिले उनी छन् । यतिमात्र नभएर आज उनी मुलुकको राजस्वमा ठुलो हिस्सा ओगट्ने र ठुलो व्यवसायी समुह आवद्ध रहेको नाडाको कार्यसमिति सदस्यको तेस्रो कार्यकाल चुनाव लडिरहेका छन् ।

नाडाको चुनावमा ध्रुव थापाको टिम भित्रका उनी ‘कि–प्लेयर’ हुन् । थापालाई चुनाव जिताउनेको जिम्मेवारी लिएर उनी सोही अनुसार भुमिका निर्वाह गर्दैछन् ।

‘नाडामा नेतृत्वका लागि मेहनत जारी छ,’ उनले सुनाए, ‘विगतमा म निर्विरोध कार्यसमिति सदस्य भएको थिएF । यस पटकको चुनावमा म ध्रुव थापा प्यानल टिममा छु । हाम्रो टिमले साझा नाडा बनाउने प्रयास छ ।’

थापा प्यालनका सबै साथीहरु निर्वाचनमा विजयी भएमा सबैको साझा नाडाको स्लोगन सार्थक बन्न सक्ने हुँदा सबै अटोमोबाइल्स व्यवसायीहरुलाई आफ्नो एक मत दिन उनको आग्रह छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्