Skip to content
Shikhar Insurance
National Life

दाङमा एकैपटक ९ पुल निर्माण

Hyundai
NCELL
NIMB

दाङ । विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक ९ वटा पुल निर्माण हुने भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा पुल निर्माणका लागि ८ करोड रूपैयाँ रकम विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजना गरिएको जानकारी दिए । उनका अनुसार रिम, तिनतले र भाँगाबार खोलामा बेलीब्रिज निर्माणका लागि ५० लाख रूपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।

ट्वाङखोलामा डीपीआरसहित पक्की पुल निर्माणका लागि १ करोड ५० लाख रूपैयाँ, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डीपीआरका लागि १५ लाख रूपैयाँ तथा बखरीया–सरुवाडाँडा–गोल्टाकुरी–कालितारा सडकमा पुल निर्माणका लागि करोड २५ लाख रूपैयाँ बजेट छुट्याएको मन्त्री मास्कीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर–हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर–१ भमके खोलामा पुल निर्माणका लागि २ करोड रूपैयाँ, शान्तिनगर–३ पातेटाकुरा खोलाका लागि ७५ लाख रूपैयाँ, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि रू एक करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि ७५ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

दाङको कर्णालीका रुपमा चिनिने गङ्गटे सडकअन्तर्गत हापुरे–गङ्गटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन्। यसअघि यस खण्डमा पुल नहुँदा वर्षात्का समयमा आवतजावत ठप्प हुने गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्