Skip to content
Shikhar Insurance
National Life

दाङको नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया

Hyundai
NCELL
NIMB

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा चार सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो । उक्त क्षेत्रमा थप सङ्क्रमित हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताए। स्क्रिनिङ गर्दा चार पुरुष र ३७ महिलामा सिलकसेल पोजिटिभ देखिएको हो ।

सिकलसेलकै कारण उपचारका क्रममा ठूलो धनराशि खर्चेको, घरपरिवारमा आर्थिक सङ्कट देखिएको, जन्मिने बालबालिकामासमेत सङ्क्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न शिविर सञ्चालन गरिएको उनले बताए । यसअघि जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र दङ्गीशरण गाउँपालिकामा दुई हजार आठ सय दुई जनाको रगत परीक्षण गर्दा तीन सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

तुलसीपुर उपमहानगरमा चार सय ५४ जनाको परीक्षण गर्दा ७२ तथा घोराही उपमहानगरपालिकामा चार सय ५२ जनाको परीक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो । लमही नगरपालिकामा चार सय १६ जनाको परीक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।

राप्तीमा चार सय १८ जनाको परीक्षण गर्दा ५४, गढवामा चार सय २१ जनाको परीक्षण गर्दा ४१, राजपुर गाउँपालिकामा एक सय तीन जनाको परीक्षण गर्दा १० तथा दंगीशरणमा चार सय पाँच जनाको परिक्षण गर्दा ६६ जनामा सिकलसेल एनिमिया पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्