Skip to content
Shikhar Insurance
National Life

दसैंको १० दिनमा कनेक्ट आइपीएसबाट ९ अर्ब बढीको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युतिय भुक्तानी प्रयोगको बृद्धी सँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्टआइपीएसबाट दसैंको अवधिमा कारोबार उल्लेख्य वृद्धि भएको छ । घटस्थापना (असोज २१) देखि एकादशी (असोज ३०) सम्ममा उक्त प्रणाली मार्फत ९.२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो ।

उक्त कारोबार पछिल्लो वर्षको दसैंको तुलनामा ३ सय १७ प्रतिशतले वृद्धि भएको हो ।

दसैंको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतिसँग जोडिएकाले नगदको कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि हाल बैंक वित्तिय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाड पर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ ।

कनेक्टआइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् । कनेक्टआइपीएसको एप र वेबमा आफ्नो खाता एक पल्ट लिन्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङ्ग मार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधै गर्न सकिने व्यवस्था रहेको छ ।

साथै चाड पर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्टआइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्