Skip to content
Shikhar Insurance
National Life

दसैंअघि नै रिलायन्स स्पिनिङ मिल्सको सेयर किन्न तयार रहनुस्…

Hyundai
NCELL
NIMB

आफुलाई उद्यमी मात्रै बताउने पवन गोल्यानको २५ वर्षदेखि चलिरहेको धागो मिल छ, त्यो रिलायन्स स्पिनिङ मिल्स हो । तर, कोभिडको दोस्रो लहरका माझ उनको उद्योग पनि प्रभावित बनेको छ । उत्पादनमा सामान्य कमी भएपनि उनको उद्योगको उत्पादन थोरै मात्र घटेको छ । रिलायन्स नेपालको सबैभन्दा ठूलो निर्यातमुलक उद्योग हो । रिलायन्स सबैभन्दा धेरै रोजगारी दिने उद्योगमध्ये पर्छ ।

प्रस्तुत छ, कोरोना कहर, न्युनतम पारिश्रमिक तथा रिलायन्स स्पिनिङ मिल्सबारे सिंहदरबारले उनै गोल्यानसँग गरेको कुराकानी ।

– महंगी बढेकाले न्यूनतम पारिश्रमिक बढाउनुपर्ने आवश्यकता छ । तर, न्यूनतम पारिश्रमिक कन्जुमर इन्डेक्स हेरेर बढाउनुपर्छ ।
– तराईमा १५ हजार रुपैयाँ पर्याप्त होला, काठमाडौंमा छैन ।
– न्यूनतम पारिश्रमिक कन्जुमर इन्डेक्ससँग गाँसिदिए, कुर दरले बढ्नुपर्ने स्वतः थाह हुनेथियो ।
– कन्जुमर इन्डेक्सको तथ्यांक नेपाल राष्ट्र बैंकसँग छँदै छ र
– तर, जति पारिश्रमिक बढाइयो । बढी वा घटी हैन, ठीक्क बढाइएको बुझाइ मेरो छ ।
– उद्योग–व्यवसायका लागि कोरोनाको दोस्रो लहरले पहिलो लहरको भन्दा असहज स्थिति जन्माएको छ ।
– संयमता अपनाएर चलाउँदा कोभिडका कारण हाम्रो उद्योगको उत्पादन ७० प्रतिशतले घटेको छ ।
– कोभिडले अवसर पनि बढाएको छ । विदेशमा उद्योग बन्द हुँदा हामीलाई धेरै उत्पादन गरेर निर्यात बढाउने अवसर थियो ।
– नेपालमा लजिस्टक्स लागत बढी छ, त्यसमा पनि सबैभन्दा बढी बिराटनगरको हो ।
– धागो उत्पादनमा ३० प्रतिशतदेखि ७० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्याल्यु एड) हुन्छ ।
– नेपालमा कटन (रुवा) खेती गर्न सम्भव छ । त्यसको लागि हामी लबिङ गर्नेछौं । तर, सिन्थेटिक बनाउन भने सम्भव छैन ।
– रिलायन्स धागो मिलले पनि १ वर्षभित्र कटनबाट धागो बनाउन थाल्छ ।
– दसैं तिहारसम्म रिलायन्सको सेयर पनि जारी गर्ने छौं, त्यो पनि बुक बिल्डिङ मेथडबाट ।
– सेयर जारी गर्न केही वित्तीय परिसूचक हेर्नुपर्ने हुन्छ । २५ वर्षदेखि चलेको कम्पनीको सबै विवरण ठीक छ । कोभिडको महामारीका माझ पनि ७०–८० प्रतिशत क्षमता उपयोग गरिरहेका छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्