Skip to content
Shikhar Insurance
National Life

दसैँतिहारमा भएका सवारी दुर्घटना: कर्णालीमा ६० जनाले ज्यान गुमाए, १२८ घाइते

Hyundai
NCELL
NIMB

सुर्खेत । कर्णालीमा चाडबाडका बेला सवारी दुर्घटनामा परि ६० जनाको मृत्यु भएको छ । दसैँतिहारका बेला कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनामा परि ६० जनाको ज्यान गएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परेर ६० जनाको मृत्यु हुनुका साथै १२८ जना घाइते भएका छन् । कर्णालीका १० जिल्लामध्ये हुम्ला, डोल्पा र कालिकोट जिल्लाबाहेक अन्य जिल्लामा सवारी दुर्घटना भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा ठूलो सवारी दुर्घटनामा मुगुमा भएको छ । मुगुमा सवारी दुर्घटनामा परि ३३ जनाको ज्यान जानुका साथै २१ जना घाइते भएका छन् ।

सल्यानमा १३, सुर्खेतमा सात, जाजरकोट पाँच, दैलेख, रुकुमपश्चिम र जुम्लामा एकएक जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

‘दुर्घटनाका कारणमा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु राख्नु र पुराना सवारी साधन हुनु रहेको छ’, उनले भने, ‘यी सवारी दुर्घटनामा हालसम्म १२८ जना घाइते भएका छन् ।’

दसैँतिहारको अवधिमा ५४ वटा अपराधिक घटना भएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । कर्तव्य ज्यानसम्बन्धी आठ, ज्यान मार्ने उद्योगमा दुई, सार्वजनिक सुरक्षासम्बन्धी आठ, भवितव्यसम्बन्धी सात, झुण्डिएर आठ, साधारण चोरीसम्बन्धी दुई, सट्टेबाजी दुई, ठगीसम्बन्धी एक, हतियारसम्बन्धी एक, बहुविवाहसम्बन्धी चार, जबरजस्तीकरणीसम्बन्धी दुई, जबरजस्तीकरणी उद्योगसम्बन्धी एक, यौन दुर्व्यवहारसम्बन्धी एक र सवारी ज्यानसम्बन्धी आठवटा घटना प्रहरीमा दर्ता भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्