Skip to content
Shikhar Insurance
National Life

दशैं, तिहार लक्षित ‘थाईल्याण्ड टुर’ अफर सार्वजनिक, माइडियाका सामान खरिदमा आकर्षक क्यासब्याक

Hyundai
NCELL
NIMB

काठमाडौं ।  सिजी इलेक्ट्रोनिक्सले ग्राहकमाझ ‘बाई, विन, फ्लाई'( किन्नुहोस्, जित्नुहोस्, उड्नुहोस्) अफर ल्याएको छ ।

कम्पनीले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै सो विशेष अफर ल्याएको हो । कम्पनीले बम्पर उपहारमा दुई जनालाई थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरयासि सामान किन्दा पक्का उपहार समावेस गरेको छ ।

हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउने छन् । उपभोक्ताहरूले ४६ हजार ५ सय रुपैयाँसम्मको ठूलो बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।

साप्ताहिक पुरस्कारमा हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्ने कम्पनीले जनाएको छ । फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरिद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फ्रन्ट लोड वाशिङ मेसिन(१०० सिरिज) खरिद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ । त्यस्तै, रेफ्रिजरेटर खरीद गर्ने ग्राहकलाई निशुल्क टोस्टर प्राप्त हुनुका साथै, डिशवाशर खरीद गर्ने ग्राहकलाई निशुल्क दुई वटा डिशवाशर किट प्राप्त हुने कम्पनीले जनाएको छ।

यो योजना अन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर ‘थाइल्यान्ड टूर फर कपल’ जित्न सक्नेछन् । विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यस योजनाले माइडियाका गुणस्तरीय घरेलु उपकरणहरूलाई अझ किफायती बनाउँदै उपभोक्ताहरूलाई दशैंको अवसरमा विशेष लाभ दिने उद्देश्य राखेको छ ।

यो अफर नेपालभरका मिडियाका डिलरहरू र शो-रूमहरूमा लागू हुनेछ। थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्